१९ वर्षीया किशोरीलाई विवाहको आश्वासन दिई गर्भवती बनाएर फरार भएपछि बलात्कारको मुद्दा

१९ वर्षीया किशोरीलाई विवाहको आश्वासन दिई गर्भवती बनाएर फरार भएपछि बलात्कारको मुद्दा

garbawati

राजविराज : किशोरीलाई विवाहको आश्वासन दिई गर्भवती बनाउने एक युवकविरुद्ध सप्तरी प्रहरीले शुक्रबार बलात्कारको उजुरी दर्ता गरेको छ । एक १९ वर्षीया किशोरीलाई गर्भवती बनाउनेसप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीषकुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको जनाएको छ।

मण्डलले किरशोरीलाई विवाहको आश्वासन दिई यौन सम्बन्ध राख्ने गरेका थिए । उनी हाल विवाह गर्न अस्वीकार गर्दै सम्पर्कविहीन रहेको किशोरीले बताइन् । पीडित किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले जानकारी दिए । आरोपित युवक हाल भारतको बिहार भागी फरार भएकाले तत्काल पक्राउ गर्न नसकिएको एसपी यादवले बताए ।

अस्पतालका चिकित्सककाअनुसार किशोरी १८ हप्ताको गर्भवती छिन् । उनी अधिकारकर्मीको सहयोगमा राजविराजस्थित सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) मा आश्रित छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ