सडक नै नभएको ठाउँमा आठ करोडकाे आधुनिक आर्क डिजाइन पुल

सडक नै नभएको ठाउँमा आठ करोडकाे आधुनिक आर्क डिजाइन पुल

bhedako-tauko

काठमाडौं । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्र्याकसमेत खोलिएको छैन ।

गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्र्याक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोडको लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो ।

दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ