शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ। माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा तुलसी थपलियाले जानकारी दिए ।
लामो समयदेखि रोकिएको लाइसेन्स यस पटक बिषयगत आधारमा खुलाइएको छ । यो पटकदेखि अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था छ । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने प्रावधान छ । शिक्षक अभाव हटाउन मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको छ ।
साविकका उच्च मावि तहका शिक्षकका लागि पनि लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ। सोमबारदेखि लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिनेछ। दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ।
विज्ञापनगत आवश्यक न्युनतम शैक्षिक योग्यता
प्राथमिक तहको वि.नं. ३२/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४०० पूर्णांकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको,
निम्न माध्यमिक तहको वि.नं. ३३/०७६ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,
माध्यमिक तहको वि.नं. ३४/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित परीक्षा दिन चाहेको कुनै एक विषय नेपाली, सामाजिक विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,
माध्यमिक तहको वि.नं. ३५/०७६ को लागिः
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र,
माध्यमिक तहको वि.नं. ३६/०७५ को लागि :
मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३०० पूर्णांकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको,

सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन