आदित्य पंचोलीको पत्नी भन्छिन्, मेरो पतिसँग ‘डेट’ जाने कंगनालाई छोरी कसरी मानूँ ?’

आदित्य पंचोलीको पत्नी भन्छिन्, मेरो पतिसँग ‘डेट’ जाने कंगनालाई छोरी कसरी मानूँ ?’

dd_ps4JEoGE4h

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौत र अभिनेता आदित्य पंचोलीबीचको विवाद लामो समयदेखि चर्चामा आइरहेको छ । कुनै समय प्रेमसम्बन्धमा रहेका आदित्य र कंगनाको ब्रेकअपपछि एक अर्कालाई आरोप र प्रत्यारोप गर्न समेत पछि परेनन् । कंगनाले आदित्यमाथि बलात्कारको आरोप समेत लगाएकी थिइन् ।

उनीहरुको विवाद चलिरहँदा आदित्यकी पत्नी भने सधैँ आदित्यको साथमा उनको वकालत गरिरहेकी छिन् । उनले भर्खरै कंगनाले आदित्यमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म उनलाई राम्रोसँग बुझ्छु । उनले कहिल्यै पनि मसँग केहि कुरा लुकाएका छैनन् ।

उनले लामो समयसम्म आदित्यसँग सम्बन्धमा रहेकी कंगनाले बलात्कारको आरोप लगाउनुमा कुनै अर्थ नभएको समेत जिकिर गरिन् । उनले एक अन्तरवार्तामा भनिन्,‘ कंगना र आदित्य साढे चार वर्ष डेट गरेका थिए । त्यसैले कंगनलाई म कसरी छोरी जस्तो मानौ्ँ  ? ’

कंगनाले २०१७ सालमा फिल्म ‘सिमरन’ को प्रमोशनको दौरान आदित्य पंचोलीमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनले जरिनासँग मद्दत मागेको तर उनले मद्दत नगरेको आरोप समेत लगाएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds