उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको बताए। बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्वरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो ।
‘एकै दिशातिर गईरहेको टिपरले अत्याधिक रुपमा सडक चाप्दै मोटरसाईकललाई ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको पौडेलको भनाइ छ। प्रहरी नियन्त्रणमा रहेको ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको भएको पुष्टी भएको छ। टिपरका चालक र सह चालक फरार भएकाले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो