काठमाडौँको गोकर्णेश्वरमा बस पल्टियो, एकजनाको मृत्यु

काठमाडौँको गोकर्णेश्वरमा बस पल्टियो, एकजनाको मृत्यु

1

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वरमा बिहीबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । सुन्दरीजलबाट रत्नपार्कका लागि छुटेको बा १ ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा पल्टिएको   हो ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छैन । अरु १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ । घटनास्थलमा रहेका स्थानीय बासिन्दा सन्तोष कार्कीका अनुसार ज्यान गुमाउने व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ