कर्णालीमा खसेकाे जीप र ११ यात्रु अझै भेटिएनन् : गाउँपालिका डुब्याे शाेकमा, सार्वजनिक बिदा दिने

कर्णालीमा खसेकाे जीप र ११ यात्रु अझै भेटिएनन् : गाउँपालिका डुब्याे शाेकमा, सार्वजनिक बिदा दिने

karnali2

हुम्ला । मंगलबार कर्णाली नदीमा जिप खसेर बेपत्ता हुनेको संख्या ११ पुगेको छ । निर्माण व्यवसायीहरुको डोजर वल्डिङ गर्ने गएका मिस्त्री राजु श्रेष्ठसँगै एकजना कुक पनि भएको पुष्टि भएपछि बेपत्ता हुनेको संख्या ११ पुगेकाे बताइएकाे छ । कर्णाली करिडोरको खार्पुबाट याङ्चुसम्म जाने क्रममा वल्डिङ मिस्त्री राजु श्रेष्ठसँग एकजना कुक पनि जिपमा रहेको बुझिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राज्न्द्रबहादुर सिंह बताए ।

हुम्ला सदरमुकाम सिमकोट देखी खार्पुनाथ गाउँपालिको कार्यालय याङचुबगर जाने क्रममा खार्पुनाथ यातायात प्रा.लि.को लु १ ज ७१६६ नम्बर को बलेरो जिप मंगलबार कर्णाली नदिमा खस्दा खार्पुनाथ गाउँपालीका उपाध्यक्ष सिन्दु शाही हमालसहित ११ जना बेपत्ता छन् । उनीहरू जीवितर् भेटिने सम्भावना कम छ ।

यसअघि जिपमा १० जना रहेको जानकारी भए पनि बुधबार अर्को एककाे नाम नखुलेका कुक् रहेको जिपमा कति जना सवार थिए भन्ने यकिन नभएका कारण यो संख्या अझै बड्न सक्ने जानकारी आएको थियाे ।

बेपत्ता भएकाहरु नभेटिएको भए पनि बुधबार बिहान घटनास्थल भन्दा तीन किलो मिटर तल बोक्चुगौडा नजिकै कर्णाली नदीकाे किनारमा उपाध्यक्ष शाहीको झोला भेटिएको र घटनास्थल भन्दा चार किलो मिटर तल कारङ्ग खोलामा जिप चालक मणी शाहीको पईन्ट, जुता र माक्स भेटीएको पालिकाका अध्यक्ष कर्ण रावलले बताए । त्यहाँ उपाध्यक्ष शाहीको नागरिकता केही पैसा, परिचयपत्र र कपडा रहेको अध्यक्ष रावलले बताए ।

१५ गते शोकसभा सहित विदा

मंगलबार जिप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथ गाउँकार्यपालिकाको आकष्मिक बैठक बसेर १३ दिन सम्म कुनै पनि औपचारीक कार्यक्रम नगर्ने र मृतक १० जनाकै परिवारलाई क्रिया खर्चवापत दशहजार रकम दिने घोषणा गरेको छ ।

असार १५ गतेका दिन शोक सभा सहित गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालय तथा सरकारी कार्यलय १ दिनको लागि बन्द गर्ने निर्णय गरीएको खार्पुनाथ गाउँपालिका ५ का वडाका अध्यक्ष भिमराज शाहीले बताए ।

गाउँपालिका अध्यक्ष कर्ण बाहादुर रावलको अध्यक्षतामा बसेको बैठकले कर्णालीमा खसेको २ दिन भई सकेको र बेपत्ता सबैको मृत्यु भईसकेको भन्दै उक्त निर्णय गरेको हो । दुर्घटनाले गाउँपालिका शोकमा डुबेको छ ।

गाेताखाेर टाेलीकाे प्रयास जारी

जीप र बेपत्ता यात्रुको खोजीका लागि कुरिनटारबाट गोताखोर टोली बुधबार घटनास्थल बालु बिसौनी कैल्याबालु पुगेको छ । नेपाली सेनाको होलिकोप्टरबाट घटनास्थलमा पुर्याइएका गोताखोरको टोलीले कर्णाली नदिमा दिनभर खोजी गर्दा पनि केही तथ्य फेला नपरेको घटना स्थलमा पुगेका सहायक प्रजिअ महेशकुमार पोखरेलले बताए ।

मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहल र नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा ससस्त्र प्रहरी बल बिपत ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट ससस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा गोताखोर टोली घटनास्थलमा पुगेको हो । गोताखोरको टोली घटनास्थलमा पुगे लगतैे खोज तथा उद्धार कार्य सुरु गरे पनि केही पत्ता नलाग्न खापुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

कर्णाली नदीमा गोताखोरले तीन स्थानमा नदी भित्र पसेर खोजी गरे पनि नदी बढेकोले पानीसंंगै बालुवा, ढुगां र माटो आउने भएका कारण खोजी गर्न कठिन भएको प्रहरी निरीक्षक बस्नेतले बताए । कर्णाली नदीको पानी चिसो र बहाब बढी भएको कारण काम गर्न कठिन भएको तर पनि टोलीले प्रयास जारि रहने अब एक हप्तासम्म गोताखोरको टोली घटनास्थलमा बसेर खोजी कार्यलाई जारी राख्ने भएको छ ।

‘उद्धारमा कुनै पनि कमी हुन दिदैनाैं ‘

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा र नेपाली काँग्रेसका जिल्ला सभापती जयपती रोकाया पनि जिप खसेको स्थान पुगेका छन् ।

घटना स्थलमा पुगेका मन्त्री रावलले उद्धारका लागि सुरक्षाकर्मि सहित स्थानीयबासीलाई आग्रह गर्दै प्रदेश सरकारका तर्फबाट उद्धारका लागि कुनै पनि कमी हुन नदिने बताए । अहिले उद्धार कार्यमा सांसद लामा, काँग्रेस सभापती रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, ससस्त्र प्रहरी बल हुम्लाका डिएसपि राजकुमार श्रेष्ठ, निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंह र खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावल सहित ५ वटै वडाका वडा अध्यक्षहरु घटनास्थलमा खटिएका छन् ।news24nepal

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ