१४ वर्षीया बालिकालाई विवाह गर्छु भन्दै जबरजस्ती करणी गर्ने पक्राउ

१४ वर्षीया बालिकालाई विवाह गर्छु भन्दै जबरजस्ती करणी गर्ने पक्राउ

birendra_koli_IudhxAVATB

ललितपुर । प्रहरीले १४ वर्षीया बालिकालाई विवाह गर्छु भनी विभिन्न प्रलोभनमा पारेर जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने वर्ष १९ को विरेन्द्र कोली रहेका छन् ।

१४ वर्षीया बालिका (नाम परिवर्तन) आर जेठ ३२ गते साँझदेखि हराएको र परिवारले प्रहरीमा जाहेरी दिएको आधारमा प्रहरीले खोजी गर्ने क्रममा कोलीको कोठाबाट उद्धार गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकारी दिए । 

उद्धार गरेपछि पीडित बालिकाले बिबाह गर्छु भनी वीरेन्द्रले प्रलोभनमा पारेर कोठामा ल्याएर जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी डीएसपी मिश्रले बताए ।

अपहरण गरी शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर मुद्धामा कोलीलाई जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याथ थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ