सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

kumar

प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् । पोखरेलका अनुसार सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेका थिए ।

मोरसाइकलमा आएको समूहले कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । तीन जना भने भाग्न सफल भएका छन् onlinekhabar

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ