गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
इटहरी । पत्रकारकाे नाकको डाँडी भाँच्नका लागि १ करोड रुपैयाँ छुट्याएकाे अभिव्यक्ति दिएर विवादित बनेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी पुन: विवादमा तानिएका छन् । यही असार ४ गते बुधबार सामाजिक विकृति विरुद्धको कार्यक्रममा चौधरीले प्रयोग गरेको शब्दले पुन: विवादमा तानिएका हुन् ।
इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले एक विज्ञप्ति नै जारी गरी सम्पूर्ण महिलाको शीर ठाडो नहुने अवस्था सिर्जना भएको बताएको छ। सञ्जालकी अध्यक्ष विमला ढकाल सहित २२ जना महिलाको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा मेयरले प्रयोग गरेको उक्त भाषाप्रति आपत्ति जनाइएको छ। साथै मेयरको उक्त अभिव्यक्तिले महिलाको अस्मितामा नै आँच आएको भन्दै विरोध जनाइएको छ।
इटहरीमा बढ्दो वेश्यावृत्ति रोक्नका लागि मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए। उनले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र… जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले छतिमा हात राखेर भनेका थिए – ‘मनराेञ्जन गर्न र…डी नै चाहिन्छ, घरभाडामा लगाउन र…डी नै चाहिन्छ, औषधी चलाउन र…डी चहिन्छ, र…डी जिन्दावाद ।’
मेयरकाे उक्त अभिव्यतिपछि महिला सञ्जालले विज्ञप्ति जारी गरी अब कोही पनि चुप लागेर बस्न नमिल्ने जनाएकाे छ । यस्ता शब्दले महिलाहरुलाई शिर ठाडो पाररे हिड्नसमेत गाह्रो भएको महिला सञ्जालको ठहर छ । इटहरी उपमहानगरपालिकाले गरेको सम्पूर्ण सामाजिक विकासका कार्यक्रम अभियानमा सहकार्य गर्ने समेत महिला सञ्जालले जनाएको छ । सामाजिक सञ्जालमा पनि मेयर चाैधरीकाे सर्वत्र आलोचना भइरहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ