नेता, कलाकारदेखि कुकुरले समेत योग गरेर मनाए योग दिवस (तस्बिरमा हेर्नुहोस्)

नेता, कलाकारदेखि कुकुरले समेत योग गरेर मनाए योग दिवस (तस्बिरमा हेर्नुहोस्)

1_34b3rwVB8f

एजेन्सी : आज भारतसमेत संसारभरी पाँचौं अन्तरराष्ट्रिय योग दिवस मनाइँदैछ । भारतमा मुख्य आयोजना झारखण्डको राजधानी राँचीमा भएको थियो जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाग लिएका थिए । यो मौकामा मोदीले भने, ‘योग अनुशासन हो, समर्पण हो र यसको पालना जीवनभरी गर्नुपर्छ । योग सबैको हो र सबैकुरा योग नै हो ।’

योग दिवसको अवसरमा नेपालमा रहेका भारतीयले सगरमाथाको काखमा योग गरेर इतिहास रचेका छन् ।यसका साथै, पतंजली योगपिठ र जानकी मन्दिर ट्रस्टले जनकपुरस्थिती जानकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा पनि सयौंको सहभागीता रहेको थियो ।

यसका साथै भारतीय सैनिक र उनीहरुको कुकुरले पनि योगा गरिरहेको तस्बिर सामाजिक संजालमा पोष्ट भएका छन् ।  भारतीय सैनिकले बरफले ढाकिएको स्थानमा समेत योग गरेर यो विशेष दिनको सम्झना   गरे ।  भारतीय नेतादेखि सेलिब्रिटीसम्मले योग गरिरहेको तस्बिर पोष्ट गरेका छन् ।

\

.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds