प्रहरीबाट जिल्ला इन्चार्ज मारिएको भन्दै विप्लवले गरे आन्दोलनको घोषणा , १० गते नेपाल बन्द हुने

प्रहरीबाट जिल्ला इन्चार्ज मारिएको भन्दै विप्लवले गरे आन्दोलनको घोषणा , १० गते नेपाल बन्द हुने

biplove-1-1

काठमाडौँ : प्रहरीबाट आफ्ना जिल्ला इन्चार्ज मारिएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एक विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विप्लवले केपी ओली सरकारले फासिवादी शैलीले देशभर हत्या अभियान चलाएको भन्दै त्यसविरुद्ध असार १० गते नेपालसहितका आन्दोलनका कार्यक्रम विप्लवले सार्वजनिक गरेका हुन् । विप्लव नेतृत्वको नेकपाले आन्दोलनका क्रममा असार ७ गते प्रचार प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ