एक महिनामा मेयरको तेस्रो माफी, ‘आमा र दिदीबहिनीमा पर्न गएको चोटप्रति क्षमा चाहन्छु’

एक महिनामा मेयरको तेस्रो माफी, ‘आमा र दिदीबहिनीमा पर्न गएको चोटप्रति क्षमा चाहन्छु’

dwarikalal-chaudhari

सुनसरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरी माफी मागेका छन् । उनले आफुले प्रयोग गरेको शब्दले महिला दिदीबहिनीमाथि पर्न गएको अप्ठारोलाई मध्यनजर गर्दै माफी मागेका हुन् । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त गर्दै क्षमायाचना गरेका छन् ।

प्रमुख चौधरीले विज्ञप्ती निकालेर त्यो कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको जनाएका छन्। उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको बताएका छन्।

समाजलाई अपाच्य हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्नु अहिलेको चुनौतीको विषय रहेका भन्दै मेयर चौधरीले महिला दिदिबहिनी प्रति अआफ्नो धारणा गलत नभएको समेत प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ