सर्लाही- नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा बिहीबार मारिएको नभई हत्या भएको दाबी आफन्तले गरेका छन् । लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
४७ वर्षीय छोरा गुमाएका वाग्मती नगरपालिका–२ धरहराका ७२ वर्षीय खिलकराज पौडेल गहिरो शोकमा छन् । ‘मुलुकमा गणतन्त्र आएको छ कि छैन ? मेरो छोरालाई प्रहरीले समातेर गोली हानेको छ,’ उनले भने, ‘गोली हानेर मारेपछि पनि लास हेर्न दिएको छैन ।’ गणतन्त्रमा सबै विचारका पक्षधरले आफ्ना कुरा राख्न पाउनुपर्ने अधिकार रहेको उनले बताए ।
‘राज्यका लागि केही गलतै गरेछ भने प्रहरीले पक्राउ गरेर कानुनी कारबाही चलाउनुको साटो समातेर गोली हानेर मार्न पाइँदैन,’ उनले भने, ‘निर्दोष र निःशस्त्र मान्छे मार्ने सरकार कसरी गणतन्त्रको पहरेदार हुन सक्छ ? मुलुकमा अहिले गणतन्त्र हैन लुटतन्त्र छ, यसको विरुद्धमा आवाज उठाउँदा छोरालाई नेकपाको केही नेताको उक्साहटमा मार्न लगाइएको छ ।’ कान्तिपुरमा खबर छ ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा