असार १५ गते सार्वजनिक बिदा

असार १५ गते सार्वजनिक बिदा

sarbajanik bida

आगामी असार १५ गते खार्पुनाथ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली नदीमा जीप दुर्घटना भएर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष हमालसहित ११ जना बेपत्ता भएकाहरुको सम्झनामा गाउँपालिकाको कार्यपालिकाको बैठकले शोकमा बिदा दिने निर्णय गरेको हो ।

असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय सबै बन्द हुने जनाइएको छ । सुरक्षा निकाय, गोताखोर र स्थानीय परिचालन गरेर खोजी गर्दा पनि कसैलाई भेट्न नसक्दा अहिले सो गाउँमा शोकमा डुबेको छ ।

खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको खोजी तीव्र बनाउँदा पनि शव नभेटिएपछि बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ