इटहरी उपमहानगर प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

इटहरी उपमहानगर प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

dwarikalal-chaudhari

सुनसर : सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा नेकपाभित्र छलफल हुने भएको छ । आइतबार बस्ने बैठकमा यो विषयमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिए ।

पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेकाले उनीमाथि नेकपाले छानबिन समेत गर्ने भएको हो। यसबारे पनि बैठकमा छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष मण्डलले जानकारी दिए। प्रदेश कमिटीका केही पदाधिकारी समेत सहभागी हुने जिल्ला बैठकमा चौधरीका पछिल्ला गतिबिधिबारे पहिलो पटक छलफल हुन लागेको हो ।

तल्लो तहमा पार्टी एकीकरणका लागि बस्न लागेको बैठकमा चौधरीको आपत्तिजनक भनाइलाइ लिएर कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ। प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डलले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ