काठमाडौँ- नेपाल र भारतबीच विद्यमान परराष्ट्र व्यवस्थाअनुसार भारत यात्रामा रहने नेपाली वा नेपाल यात्रामा रहने भारतीयलाई सम्बन्धित देशको भिसा नचाहिने भए पनि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत आउने नेपाली नागरिकले भारतको भिसा लिनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले एक सूचनामार्फत यो स्पष्ट पारेको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासले शनिबार जारी गरेको एक सूचनाअनुसार चीन, हङकङ, मकाउ र पाकिस्तानबाट भारतको बाटो हुँदै नेपाल आउन लागेका वा भारत आउँदै गरेका नेपालीले भारतको भिसा अनिवार्य रुपमा लिनुपर्नेछ।
त्यस्तै, भारतीय अध्यागन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकहरुले नेपाली राजदूतावासबाट नो अब्जेक्सन लेटर लैजानुपर्ने पनि भारतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
उक्त नो अब्जेक्सन लेटरका लागि ती देशमा जानुपर्ने कारणसहितको निवेदन, पासपोर्ट, भिसा र टिकट, श्रम स्वीकृति, यसअघिको यात्रा अभिलेख, अन्य आवश्यक कागजातहरुसहित नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा सम्पर्क राख्नुपर्नेछ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन