खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

खुला दिसामुक्त जिल्लाको सदरमुकाममै छैन सार्वजनिक शौचालय

resize

ठूलो धनराशि खर्च गरेर बैतडीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरियो तर सदरमुकाममै सार्वजनिक शौचालय छैन । जताततै खुला दिसापिसाब गर्ने गरिएको छ । सरकारी तथा गैरसरकारी संस्थाको पहलमा जिल्लाभरि शौचालय बनिसकेको भन्दै तीन वर्षअघि तामझामका साथ खुला दिसामुक्त क्षेत्र घोषण गरिएको थियो ।

खानेपानी मन्त्रीकै आतिथ्यमा खुला दिसामुक्त क्षेत्र घोषणा पनि भयो तर अहिलेसम्म खानेपानी शुद्ध हुन सकेको छैन । खानेपानीमा दिसामा हुने जीवाणु (कोलिफर्म) देखिएपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको छ । 

पिउने पानीमा कोलिफर्म भेटिन थालेपछि नागरिक समाजका तर्फबाट खुला दिसामुक्त जिल्ला घोषणा बदर गर्र्ने माग गर्नुपर्ने बैतडीका बुद्धिजीवी एवं सामाजिक अभियन्ता डा. केदारचन्द्र भट्ट बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले ललेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ