गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन । प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् ।
यहीविचमा, गायक राइले अर्का गायक प्रकाश सपुत विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले केही दिन अगाडि मात्र प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘मैले गीतको लय मिलेको भनेर उजुरी दिएको छु । यो बौद्दिक सम्पत्तीको कुरा हो । अब, जे गर्छ कानुनले नै गर्छ ।’
उनले, प्रकाश सपुत र आफूविच कुरा भैरहेको पनि सुनाए । उनले भने–‘उहाँ र मेरो वुझाइमा एकरुपकता नआएर मात्र हो । सबै कुरा मुद्दा मात्र होइन । तर, यो अस्तित्वको लडाई हो ।’ उनले यो कुरामा सझदारी भएको नै राम्रो भनेका छन् ।
उनले भने–‘म प्रकाश सपुतलाई हार्दिक रुपमा स्वागत गर्न चाहन्छु । शैली, परिस्थिती नमिलेका कारण मैले अस्तित्व खोजेको हुँ ।’ शम्भु राइले आफू र प्रकाश सपुतविच सिस्टममा मतवेद मात्र भएको तर व्यक्तिगत रुपमा कुनै इगो नभएको पनि स्पष्ट पारे ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ