खानेपानी मन्त्रीको विरोध गरेपछि काँग्रेस र नेकपा कार्यकर्ताबीच कुटाकुट, चार घाइते

खानेपानी मन्त्रीको विरोध गरेपछि काँग्रेस र नेकपा कार्यकर्ताबीच कुटाकुट, चार घाइते

congress vs nepaka

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस कार्यकर्ता कुटिएका छन् । मन्त्री मगरलाई डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् । उनीहरुको आक्रमणबाट नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् ।

नेकपा कार्यकर्ताको कुटाईबाट घाइते कांग्रेस कार्यकर्ता । तस्बिरः सामाजिक सञ्जाल

मन्त्री मगर बेलौरी र पुनर्वासको नगरसभा उद्धघाटन गर्न कञ्चनपुर आएकी थिईन् । घाईते मध्ये चन्दको सेती अस्पतालमा उपचार भईरहेको छ । धनगढीबाट गुण्डा बोलाएर आफुहरुमाथि आक्रमण गर्न लगाएको सभापति उपाध्यायको भनाई छ ।

मन्त्री मगरले जनताको काममा ध्यान नदिएको भन्दै कांग्रेसले केहि घण्टा चक्काजामको कार्यक्रम थियो । तर नेकपा नेताहरुले भने मन्त्री धनगढीमा बसेको खबर सुनेपछि कांग्रेसका कार्यकर्ताले बाटो अवरुद्ध गर्न खोजेको र नेकपाका कार्यकर्ताले बाटो खोल्दा सामान्य विवाद भएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ