काठमाडौं । प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो..’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाइन ।
साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरिन् । सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ..’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन ।
सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन ।
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ