ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ घाइते

ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४ घाइते

1848068525_tachtor

डडेलधुरा- अछामको चौरपाटी गाउँपालिका-३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु भएको छ।  से१त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा थप ४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा चौरपाटी गाउँपालिका-२ का दशपल्ले माविबाट यस वर्ष एसइई परिक्षा दिएका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेका सोही विद्यालयका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए।

ट्याक्टर चालक भने हाम फालेर बाँच्न सफल भएका छन्। अन्य ४ जना घाइतेको भने अहिले उपचार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ