शम्भु राई ‘गलबन्दी’को संगीतकार बन्ने, यसरी मिल्यो कुराकानी !

शम्भु राई ‘गलबन्दी’को संगीतकार बन्ने, यसरी मिल्यो कुराकानी !

shambhu-and-prakash-750×375

पोखरा, ११ असार । संगीतकारमा नाम रहने भएपछि गायक सम्भु राईले गलबन्दी विरुद्ध हालेको मुद्दा फिर्ता लिएका छन । यो बिबादले झन चर्को रुप लिने भएपछि अन्ततः दुई पक्षबीच सहमतीमा यस्तो निर्णय भएको हो । यसो गर्दा दुवै पक्षको विजय हुने देखेपछि सपुतले यस्तो निर्णयमा सहमती जनाएका हुन ।

संयोगवश भाका मिलेकोले भएपनि अवस्था अर्कैतिर मोडिन थालेपछि यस्तो निर्णय गर्न परेको सपुतको तर्क छ । पछिल्लो समय जातिय आधारमा शम्भु राई र प्रकाश सपुतका पक्षधरहरु बाँडिन थालेपछि अवस्था गम्भिर बन्दै गएको थियो ।

संगीत रोयल्टी संकलन समाज सहित अन्य विभिन्न साँगीतिक क्षेत्रका संघसंस्थाहरुको रहोवरमा दुई गायकबीच सहमती भएको हो । सहमतीपछि अब गलबन्दी गीतको संगीतकारमा शम्भु राईको नाम रहनेछ । यद्यपि पुनः संगीतको नाम भने प्रकाश सपुतकै रहनेछ । राईको देउसीभैलो गीत ‘आउ नाचौं साथी हो’ सँग ‘गलबन्दी’ गीत मिलेको बताइएको थियो।

सर्जक सपतुले संयोगवश मिल्न गएको बताइरहेका थिए भने गायक राई चोरिएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए।  सहमतिपछि राईले उजुरी फिर्ता लिनेछन् । गीतको प्रतिलिपि अधिकार भने सपुतसँगै रहनेछ। सहमतीअनुसार राईले अब उप्रान्त गलबन्दी गीतको कुनै पनि आर्थिक लाभ लिन पाउनेछैनन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ