‘त्यसदिन पाथिभरा क्षेत्रको मौसम राम्रो थिएन’, स्रोतले प्रतिवेदन उद्वृत गर्दै भन्यो ।
प्रतिवेदनअनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रियो । त्यही बीचमा केही समय मौसम खुलेपछि यही मौकामा उडिहालौं, फेरी मौसम बिग्रन सक्छ भन्ने कुरा भयो, त्यसपछि पाइलटले हेलिकोप्टर उडाए । हेलिकोप्टर उडेको १ मिनेटभित्रै पुनः हिउँसहितको हिमाली आँधि आयो । हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको आँधिमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटनामा पर्यो ।
यस दुर्घटनालाई छानविन आयोगले ‘एक दूर्भाग्य’ भनेको छ ।
पाइलटलाई दवाव थिएन
मौसमबाहेक यस दुर्घटनामा मानवीय दवाव भने नदेखिएको मन्त्रालय स्रोतको भनाइ छ । टोलीलाई मौसमका कारण छिटो सुरक्षित स्थानमा फर्कने दवाव थियो, तर उच्चपदस्थ अधिकारी कसैबाट पनि पाइलटलाई जहाज उडाउन दवाव नदिइएको आयोगको निष्कर्ष छ ।
मौसम निरन्तर बिग्रेका कारण उड्न नसके पाथिभरामै बासबस्नु पर्ने अवस्था आउने भएकाले टोली दवावमा भने थियो ।
आयोगले यस छानविनमा प्रत्यक्षदर्शीलाई मूख्य आधार मानेको छ । किनकी हेलिकोप्टरमा अन्य प्राविधिक रेकर्ड हुँदैन जसका माध्यमबाट दुर्घटनाको कारण पत्ता लागोस । पाथीभराका पूजारी तथा स्थानीयबासीको बयान र त्यसलाई प्राविधिक रुपमा विश्लेषण गरी निष्कर्षमा पुगिएको आयोगको भनाई छ । दुर्घटना हुनुमा प्राविधिकतर्फ पनि कुनै कारण फेला परेन ।
आयोगले छानविनका क्रममा भने प्राविधिक तथा व्यवस्थापन पक्षका पदाधिकारीसँगको छलफल, दुर्घटनास्थलको स्थलगत अध्ययन, मौसमको अवस्था विश्लेषण, चालकको मानसिक, सामाजिक, आर्थिक तथा पारिवारिक अवस्थाको विश्लेषणसमेत गरेको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार प्रारम्भीक प्रतिवेदनलाई सम्बन्धित मुलुक तथा निकायमा ६० दिनको समय दिएर पठाउने प्रावधान रहेको छ । उक्त अवधिमा सरोकारवालाबाट राय सुझाव समेटेर विस्तृत विवरण सार्वजनिक हुनेछ ।
१५ फागुन दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।onlinekhabar















सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु