एका विहानै रक्सी खाएर गाडी चलाउँदा काठमाडौंमा दुर्घटना भयो,तीन घाइते

एका विहानै रक्सी खाएर गाडी चलाउँदा काठमाडौंमा दुर्घटना भयो,तीन घाइते

Jamal-Car-Accident-Photo-

काठमाडौं । काठमाडौंको कान्तिपथमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ठमेलबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जिप आज बिहान ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।

चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जाएको छ । दुर्घटना भयानक भएको र कार कामै नलाग्ने गरी क्षतविक्षत भएको भए पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ