एजेन्सी : भारतको उत्तर प्रदेशस्थिती ग्रेटर नोयडामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक दुलहाले दाइजोमा १ करोड भारु नपाएपछि विवाह तोडेका छन् । पुलिसले यो मामलामा ३२ वर्षका एक व्यक्तिसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
भारतीय मिडियाका अनुसार दुलही दिल्लीको एउटा बैंकमा काम गर्छिन् । दुलहीले पुलिसमा अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
स्रोतका अनुसार अक्षय एक व्यापारी हुन् र आफ्नो आमा–बुवासँग बस्छन् । पीडित महिलाका अनुसार जब विवाह निश्चित भयो तबदेखि नै उनीहरु दाइजोको काम गरिरहेका थिए । उनले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेका थिए ।
पीडितले भनिन्, ‘उनीहरुको यो माग सम्बोधन गर्न परिवार सहमत भयो तर विवाहको दुई दिनअघि मात्रै उनकी आमाले फोन गरेर एक करोड नगद दिनुपर्ने नभएर विवाह तोड्ने चेतावनी दिइन् ।’
विवाहको दिन दुलहाको यो माग पुरा नभएपछि उनी विवाह मण्डप छोडेर गए । पुलिसले यो मामलामा परिवारविरुद्ध प्राथमिकी दर्ता गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन