सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, अहिलेसम्मकै सबैभन्दा महँगो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, अहिलेसम्मकै सबैभन्दा महँगो

Gold

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो । एक साताअघि सबै पुरानो रेकर्ड तोडेर सुनको मूल्यले साउन १० गते ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिदा नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । ‘अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा असर परेको हो अहिले पुनः अन्तर्राष्ट्रिय द्वन्द्व बढेको छ ।’ अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा सुनको मूल्य बढ्ने गरेको उनले बताए । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ३८ डलर पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि सुनको मूल्य महँगिएको शाक्यले बताए । त्यस्तै उत्तर कोरियाले जापानको समुन्द्रमा पुनः परमाणु खसालेपछि थप द्वन्द्व चर्किने लगानीकर्ताको अनुमान छ ।

अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनमा आकर्षित हुन्छन् । यसले माग बढ्न गई अन्तर्राष्ट्रिय बजारमा मूल्य समेत बढाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ