काठमाण्डौ । भारतीय राजदूत मन्जिवसिंह पुरीले कस्मिर घटनाबारे नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् । दिल्लीमा नेपाली राजदूतलाई मन्त्रालय बोलाएर परराष्ट्र सचिवले जानकारी गराएका हुन्।
‘उहाँहरूले दिल्ली र काठमाडौंमा कस्मिरबारे आफ्नो सरकारको धारणा हामीलाई भन्नुभएको छ। खासगरी भारत सरकारले के गरेको हो भनेर’, कुनै घटना हुँदा छिमेकीलाई जानकारी गराउनु सामान्य कूटनीतिक परम्परा रहेको पनि उनले बताए। भारतको संविधानमै जम्मु कस्मिरलाई दिएको विशेष अधिकार हटाउने निर्णय नरेन्द्र मोदीको सरकारले गरेको छ।
राष्ट्रपतिले त्यस्तो निर्णय कस्मिरको विधान सभाको सहमतिमा मात्र गर्न सक्ने व्यवस्था संविधानमा छ। अहिले कस्मिरको विधानसभानै नरहेको अवस्थामा संविधानको भावना विपरित दिल्लीले एकलौटी अधिकार काटेको भन्दै व्यापक विरोध भएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेसले सरकारले संविधानको हत्या गरेको आरोप लगाएको छ।
सो निर्णय गरेदेखि नै कस्मिरमा टेलिफोन र इन्टरनेट काटिएका छन् भने कस्मिर सहरभरी कर्फ्यु जारी गरिएको छ। सुरक्षाकर्मीले माइकबाट मानिसलाई घर बाहिर ननिस्कन चेतावनी दिएका छन्।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग