धनगढी । नेपाल–भारत सीमा जोडिएको जिल्ला कैलाली र कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।हालसम्म पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिक हुनु र ठूलो परिमाणमा नेपाली र भारतीय नक्कली नोट बरामद गरिनुले ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ ।
प्रहरीले साउन महिनामा मात्रै नक्कली नोट छाप्ने मसिनसहित ७ जनालाई पक्राउ गरेको छ । शुक्रवार प्रहरीले धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलबाट नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगे्रन्द्र रजवार, चुरे गाउँपालिका–१ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् ।
उनीहरूमध्ये ३ जनालाई फरक–फरक मितिमा धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट खोटा नोट छाप्ने १ मेसिन, नोट छाप्न प्रयोग भएको २ सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको छ ।
प्रहरीले साउन ३ गते २ जना भारतीयलाई पनि नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । भारतको लखिमपुर खिरीका श्रवणकुुमार सिंह र गुरुजित सिहलाई धनगढी क्षेत्रबाट ४० हजार ९ सय भारुसहित पक्राउ गरेको हो भने साउन १५ गते कैलारी गाउँपालिका–५ का छेदुराम डंगौरा चौधरीलाई नक्कली १ हजार नेपाली दरको २१ थान नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन