पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते) भारतबाट ल्याईएको सेतो आलु विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा जाँच गर्ने क्रममा विषादी भेटिएको हो ।
‘३५ प्रतिशतसम्म कार्वामेट समूहको बिषादीको रुकावट भेटिए तरकारी वा फलफूल प्रयोग गर्न मिल्छ । ४५ प्रतिशतसम्म भएपनि त्यसलाई १ हप्तासम्म कुरेर खान मिल्छ,’ बालि संरक्षण प्रयोगशाला कास्कीका बालि संरक्षण अधिकृत तथा विषादी जाँचकर्ता संजीव बास्तोलाले भने, तर यो आलुमा ४७ प्रतिशत भेटियो । सचेत गराउनका लागि नष्ट गरिएको हो ।’
उनका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्वामेट र अर्गानो फष्फेट जाँच गरिन्छ । अरु तरकारी र फलफूलमा खासै समस्या नभएको उनले सुनाए । नष्ट गरिएको आलुमा कुन बिषादी थियो भन्ने चाहीँ पोखराबाट पत्ता नलाग्ने बास्तोला बताउँछन् । ‘हामीले क्याटागोरी मात्रै हेर्छौं । मिहिन तरिकाले हेर्ने मेसिन छैन,’ उनले भने, ‘क्याटागोरीमा फेल भएका तरकारी र फलफूल नष्ट हुन्छन् । खान मिल्ने चाहीँ बजारमा जान्छ ।’
बिषादी जाँचमा फेल भएका ५२ बोरा आलु नष्ट गरिएको कृषि उपज बजार शान्तिवनकी निमित्त बजार ब्यवस्थापक रुपा दाहालले बताईन् । पोखरा आउने तरकारी तथा फलफूलमा शून्य विषादी भएका कुनै पनि वस्तु छैनन् ।
‘३ महिनादेखि निरन्तर बिषादी जाँच हुन थालेको छ । पहिले कर्मचारी थिएनन् । सरकारले कर्मचारी पठाएपछि कस्तो तरकारी र फलफूल हामीकहाँ आउँछ त्यो सबै रेकर्ड निस्किन्छ,’ उनी भन्छिन्, ‘खान नहुने तरकारी बजारमा जाँदैन । सीधै नष्ट गरिदिन्छौं ।’ खासगरी भारतबाट आएका तरकारी र फलफूलमा बिषादीको मात्रा बढी हुन्छ ।
दाहालका अनुसार पोखरामा आलु, प्याज र फलफूल पूरै भारतबाट आउँछ । अन्य तरकारीहरु गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा सिजनअनुसार धादिङ, मकवानपुर, पाल्पा, चितवन र तराईका जिल्लाहरुबाट तरकारी भित्रिन्छ । २० प्रतिशत हाराहारीको तरकारी फलफूल भारतबाट मात्रै आयात हुने उनले सुनाईन् ।
बिषादीयुक्त आलु ल्याएका ब्यापारीलाई बजार ब्यवस्थापन समितिले आगामी दिनमा यस्ता तरकारी नल्याउने कागज गराएर छोडेको छ । ‘हामीले सचेत गरायौं । आगामी दिनमा क्वारेण्टाईन सर्टिफिकेट सहित तरकारी र फलफूल ल्याउन भनेका थियौं । अहिले त्यो निरन्तर प्रमाण सहित आउँछ,’ उनले भनिन् ।
पछिल्लो जाँचका क्रममा अरु फलफूल र तरकारीमा बिषादी भेटिएको छैन । पछिल्लो समय बिषादी जाँचको बिषय निकै चर्चित भएको छ । यही क्रममा पोखरामा पनि १ बर्षअघि देखि बन्द भएको बिषादी जाँच केन्द्र पुनः सञ्चालनमा ल्याईएको हो । नेपालका विभिन्न जिल्लाबाट आउने तरकारी तथा फलफूल बिषादी प्रयोग भएपनि प्रयोग नै गर्न नमिल्ने खालको छैन ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा