संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित मिति भन्दा ६ महिना अघि सके निर्माण कम्पनि सहितका पदाधिकारीलाई रथ यात्रा गराउने उद्घोष गरेका छन्।

हालै पर्यटनमन्त्रीमा नियुक्त भएका मन्त्री भट्टराईले बुधबार निर्माणाधीन अबस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गर्दै निर्माण कम्पनीलाई निर्धारित मितिभन्दा अघि निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै ६ महिना अघि निर्माण सकेको खण्डमा पोखरामा रथ यात्रा गराउने उद्घोष गरेका हुन्।
विमानस्थल गण्डकी प्रदेशकै पर्यटनको विकासमा महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसंगै यस क्षेत्रको पर्यटन उचाइमा पुग्ने विश्वास व्यक्त गरे । करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र निर्माण सम्पन्न गर्ने गरि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा चाइनिज कम्पनी सिएएमसीले लिएको होे ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य हालसम्म करिब ४५ प्रतिशत सम्पन्न भएको सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए । यसैबिच पर्यटन मन्त्री भट्टराईले पोखराको फेवातालको अवस्था बारेमा जानकारी लिन अवलोकन समेत गरेका छन्।

सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्