हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पोखराको लामाचौरमा सोमबार भएको फाइनल खेलमा होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले न्यू डायमण्डलाई २५-१६,२५-१४ र २५-२० को सोझो सेटमा हराएको हो । आईतबार भएको खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई र न्यू डायमण्डले गण्डकीलाई हराएको थियो । दुवैलाई समान ३–० को सोझो सेटमा हराएर पुलिस र न्यू डायमण्ड फाइनल प्रवेश गरेका थिए ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगितामा विजेता बनेसँगै पुलिसले रु एक लाख १ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको न्यू डायमण्डले ६५ हजार ५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।
तेस्रो स्थानको लागि सोमबार बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली गण्डकी तेस्रो भएको हो । तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु