प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म ‘साहो’ ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ । हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । तर, फिल्मको माउथ पब्लिसिटी निकै कमजोर छ । जसका कारण फिल्म लामो रेसको घोडा बन्न नसक्ने देखिन्छ । अहिले यो फिल्म हलिउडको ब्लकबस्टर फिल्म ‘लार्जो विन्च’ को कपी रहेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।
हजारौंले सामाजिक सञ्जालमा यस प्रकारको ट्वीट गरेपछि यसका निर्देशक जरोम सलेले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ‘लार्जो विन्च’ को दोस्रो निःशुल्क निर्माण खराब रहेको बताएका छन् ।
उनले तेलूगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह गरेका छन् ।
यो भन्दा अगाडि पनि त्रिविक्रम श्रीनिवासमाथि जरोमले आफ्नो फिल्मको रिमेक गरेको आरोप लगाएका थिए । त्यसबेला उनले धेरै पटक पवन कल्याण स्टारर फिल्मका मेकर्ससँग सम्पर्क गर्न खोजेका थिए तर कुनै जवाफ नमिलेपछि उनी भड्किएका थिए । ‘बाहुबली’ को जबरजस्त सफलतापछि प्रभासलाई ‘साहो’ बाट ठूलो अपेक्षा थियो । तर, समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया नमिल्दा उनी निकै निराश भएका छन् । फिल्ममा चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माको पनि अभिनय छ । ३५० करोडमा बनेको फिल्मका निर्देशक सुजीत हुन् । ‘साहो’ को कथावस्तु कमजोर भए पनि मेकिङ उच्च छ ।
सम्बन्धित खबर
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते