सर्वाधिक उपयुक्त उम्मेदवार ‘तुलबहादुर गुरुङ’

सर्वाधिक उपयुक्त उम्मेदवार ‘तुलबहादुर गुरुङ’

tul rajan
  • राजन शर्मा पराजुली
    अध्यक्ष
    अनेरास्ववियु, पृथ्विनारायण क्याम्पस कमिटी

मंसिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा कास्की क्षेत्र नं. २ बाट निर्वाचित युवाहरुको आशा भरोसाका प्रतिबिम्ब आदरणीय नेता रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा अकल्पनिय दुःखद निधन भयो । रिक्त रहेको उक्त ठाउँमा उम्मेदवारको चर्चाले कास्कीमा चुनावी सरगर्मी बढिसकेको छ ।

शुरुमा आफू नउठ्ने घोषणा गरेका नेकपाका प्रभावशाली नेता बामदेव गौतम नै यहाँको उम्मेदवार हुने चर्चाले नेकपा भित्रको माहोल थप पेचिलो बनिरहेको छ । कारण, जनस्तरमा स्थानीय उम्मेदवार नै उठाउनुपर्ने माग छ । नेकपाकै अन्य स्थानीय नेताहरुको नाम पनि आई नै रहेका छन् । तर, यहाँ निर्विकल्प सर्वाधिक उपयुक्त नाम तुल बहादुर गुरुङ नै हो ।

किन तुल बहादुर गुरुङ ?

अहिलेको मिडियाको युगमा खासै मिडियामा नआउने तर ईमानदार, शिष्ट, दैनिक जिवनयापन देखि बिचार, सिद्दान्त र आदर्शमा कम्युनिष्ट व्यबहार र आचरणका नेता हुन् तुल बहादुर गुरुङ । तत्कालिन नेकपा मालेले उहाँलाई बिद्यार्थी संगठन अनेरास्वबियुमा काम गर्न पृथ्वीनारायण क्याम्पस पोखरा खटायो । ईमानदारपुर्वक पार्टी फैसलालाई शिरोधार्य गर्दै उहाँ यहाँ आउनुभयो । पञ्चायतकालीन समय, मण्डलेहरुको आतङ्क थियो । उहाँ ति दिनहरु स्मरण गर्दै भन्नुहुन्छ –अखिलले क्याम्पसमा ब्यानरसम्म राख्नसक्ने अवस्था थिएन ।

राज्यको चरम आतंक मण्डलेहरुको दादागीरीको बीचमा निर्भिक अनि जुझारुपनसहित आम विद्यार्र्थीहरुलाई अनेरास्ववियुमा संगठित, प्रशिक्षित र परिचालित गर्दैगर्दा अनेकांै पटक गिरफ्तार हँुदै निरन्तर संघर्ष गर्दै उहाँको राजनैतिक यात्रा शुरु भयो । २०४२ ४३ मा पृथ्वीनारायण क्याम्पसको स्वबियु सभापति बन्दै उहाँ अनेरास्सवियुको केन्द्रिय अध्यक्ष बन्न सफल रहनुभयो । अनेरास्ववियुका अध्यक्षहरु बिरलै दोहोरिन्छन् । समन्वयकारी कामकाजी छवि भएका कारण अधिवेशनमा सहमति हुन नसक्दा पार्टीले पुनः उहाँलाई नै जिम्मा दियो । नेतृत्व दोहोरिएको अनेरास्ववियुमा यो पहिलो घटना हो । स्मरण रहोस्, उहाँ केन्द्रिय अध्यक्ष हँुदै गर्दा बर्तमान ने क पा का बैचारिक, लोकप्रिय नेताहरु शंकर पोखरेल र घनश्याम भुसाल क्रमशः उपाध्यक्ष र महासचिव हुनुहुन्थ्यो ।

केन्द्रिय अध्यक्ष रहँदै गर्दा पार्टीले कास्की क्षेत्र नं. २ बाट २०४८ को आम निर्वाचनमा उम्मेदवार बनायो । उहाँले शानदार मतका साथ २८ बर्षको कलिलो उमेरमा बिजयी शुरुवात गर्नुभयो । २०५१ सालमा पुनः यहि क्षेत्रबाट बिजेता बन्नुभयो ।

[bs-quote quote=”बामदेव गौतम सिनियर नेता हो । उहाँले ईच्छा व्यक्त गर्नुभयो, पार्टीले उहाँको पक्षमा निर्णय गर्छ भने ईमानदार पुर्वक लाग्ने कुरामा दुविधा छैन तर स्थानिय जनताको ईच्छा चाहना जुन रुपमा आएको छ, त्यसो हुदाँ आफुले पटक पटक पहिलेबाटै यहाँका जनताको मन जित्दै आएकोले स्वभाबिक रुपमा आफ्नो दाबी रहने स्वयं गुरुङ बताउनुहुन्छ ।” style=”style-5″ align=”left”][/bs-quote]

ने क पा एमालेको जनकपुरमा भएको सातौं र बुटवलको आठौंैं महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित हुनुभयो । नवौं महाधिवेशनपछि एमालेको पोलिटव्युरो सदस्य रहनुभएका उहँ अहिले ने क पा का केन्द्रिय सदस्य तथा प्रतिष्ठानहरुको ईन्चार्ज हुनुहुन्छ (यद्दपी उहाँले आफ्नो जिम्मेवारी हेरफेर गर्न र भुगोलमा जिम्मा दिनका लागि नेताहरुसंग माग गरिरहनु भएको छ ) ।

आरक्षणको माहोल हुर्किरहेको बेलामा पनि उहाँले कहिल्यै जनजाती कोटाबाट कुनैपनि कुरा माग गर्नभएको छैन, नत आन्तरिक या बाह्य कुनै पदमा आकांक्षा नै राख्नु भएको छ । हिजो एमाले भित्र एमाले जनजाती बिरोधी हो भन्दै पार्टी छोडेर जानेहरु पार्टीमै रहेका जनजाती सम्बद्ध नेताहरुले चर्को विरोध गर्दै साम्प्रदायिक दंगा भड्काउने कोशिस गर्दा राजनीति वर्गिय हुनुपर्छ भन्दै पार्टीमा चट्टानी अडान राखेर एमाले जनजाती विरोधी पार्र्टी होईन भन्दै दृढतापूर्वक पार्टीलाईनमा रहनुभयो ।

बिभिन्न पटक माननिय सांसद, संबिधानसभा सभासद र एकपटक उद्योग राज्यमन्त्री बन्नुभएका नेता तुलबहादुरलाई कस्केली जनताले स्वच्छ छवि, बिकासप्रेमी, सरल र मिलनसार नेताको रुपमा बुझेका छन् । शुरुबाट यसै क्षेत्रको विकास गरेको, जनताको दुःख सुख बझेको, कुन ठाँउलाई कसरी बिकास गर्नुपर्छ भन्ने थाहा भएको र हामीले पनि चिनेको हुदाँ तुलबहादुरलाई नै उम्मेदवार बनाउनुपर्छ भनेर स्थानीयहरुले आफ्नो मत राखिरहेका छन् ।

बामदेव गौतम सिनियर नेता हो । उहाँले ईच्छा व्यक्त गर्नुभयो, पार्टीले उहाँको पक्षमा निर्णय गर्छ भने ईमानदार पुर्वक लाग्ने कुरामा दुविधा छैन तर स्थानिय जनताको ईच्छा चाहना जुन रुपमा आएको छ, त्यसो हुदाँ आफुले पटक पटक पहिलेबाटै यहाँका जनताको मन जित्दै आएकोले स्वभाबिक रुपमा आफ्नो दाबी रहने स्वयं गुरुङ बताउनुहुन्छ । आफ्नो जिवननै जनताको सेवामा समर्पण गरेको मान्छेलाई जनचाहाना बमोजिम उमेद्दवार बन्ने कुरा नयाँ नभएको र कास्की क्षेत्र नं. २ को लाागि आफु उपयुक्त उम्मेदवार भएकोले पार्टीले निर्णय गरे तयार रहेको कुरा बताउनु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ