टिकटक बनाउने एयरहोस्टेसलाई चेतावनी

टिकटक बनाउने एयरहोस्टेसलाई चेतावनी

pakistanairhostess514yyr6ave

दुई एयरहोस्टेसलाई सोसल मिडियामा टिकटक भिडियो सेयर गरेको भन्दै आइन्दा यसो नगर्न पाकिस्तानको सरकारी एयरलाइन्सले चेतावनी दिएको छ ।

सोसल मिडियामा भाईरल भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेसले फिल्मी डायलग र गितमा टिकटक भिडियो बनाइरहेको देखिएका छन् ।

उनीहरुले बनाइको एक भिडियोमा एयरपोर्टमा थिए र दोस्रो भिडियो उडानको क्रममा बनाइएको थियो ।

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा युनिफर्ममा नै भिडियो बनाएपछि यी दुई क्याबिन क्रुलाई वार्निङ दिइएको जानकारी दिएका छन् ।

आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएकोले उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा बताए

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds