यस्ता छन् सि जिङपिङको विचार (बुँदासहित)

यस्ता छन् सि जिङपिङको विचार (बुँदासहित)

8(147)

काठमाडाैँ -पछिल्लो समय नेपालमा चिनियाँ लगानीको प्रभाव बढेसँगै राजनीतिक क्षेत्रमा समेत प्रभाव परेको छ। नेपालबाट अधिकांश कम्युनिष्ट नेता तथा कार्यकर्ता चीन पुगेर आइसकेका छन्। जसका कारण उनीहरुमा दिमागमा एक किसिमको कम्युनिष्ट नीति

नियमको छाप परिसकेको छ। सोही छापको आधारमा नेपाल कम्युनिष्ट पार्टीभित्र सि जिङपिङको विचारप्रतिको आकर्षण बढेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति जिङपिङको प्रशंशा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड दुवैले गरेका छन्।

पूर्व एमालेहरु जनताको बुदलीय जनवाद र पूर्व माओवादीहरुले जनवादी विचारधारा अंगिकार गरिरहँदा सि जिङपिङको विचार मिलनबिन्दु हुनसक्ने तर्फ बहस चलेको छ । एकीकरणपछि दुवै पार्टीको विचार र सिद्धान्त महाधिवेशनले तय गर्ने सहमति भइसक्दा सि जिङपिङको विचार अंगिकार गर्न सक्ने सम्भावनाहरु देखिएका छन् । यसैलाई मध्यनजर गरेर चिनियाँ कम्युनिष्ट पार्टीका नेतासहित ४० जना नेकपा नेताहरुलाई प्रशिक्षण दिन आएका छन् । सोमबारबाट प्रशिक्षण शुरु भइसकेका छ जसमा छानिएका दुई सय जना सहभागी छन् ।

सी जिङपिङको विचारमा चिनियाँ विशेषतासहितको माक्र्सवाद, साम्यवाद र समाजवादको मूल मान्यता पालना गर्ने भनिएको छ । चीनमा माओको विचारलाई कमजोर बनाई देङ स्याओ पिङले आर्थिक नीतिमा जोड दिएर बनाएको विचारमा सी जिङपिङको विचार अझ आधुनिक देखिएको छ ।

यो विचारले मुख्यगरी १४ वटा आधारभूत नीति लिएको छ ।

के हो सी जिङपिङ विचार

यो विचारले मुख्यगरी १४ वटा आधारभूत नीति लिएको छ ।

१. चिनियाँ विशेषतासँगै माक्र्सवाद, साम्यवाद र समाजवादसहितको समाजवादी मूल मान्यताको अभ्यास गर्ने

२. जनता देशका मासिक हुन् भन्ने मान्यताका साथ चिनियाँ विशेषताको समाजवाद पालना गर्ने

३. चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासनलाई मजबुत बनाउने

४. चीनको सबै क्षेत्रको कामहरुमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सुनिश्चित गर्ने

५. चिनियाँ कम्युनिष्ट पार्टीले सार्वजनिक स्वार्थ अनुरुप जनता केन्द्रित अवधारणा लागू गर्नुपर्ने

६. समग्र रुपान्तरणलाई निरन्तरता दिने

७. नयाँ विज्ञानको आधारको अवधारणा अनुरुप साझा, सहयोगी, हरित, खुल्ला र अन्वेषणात्मक विकास लागू गर्ने

८. कानुनी शासन मजबुत गर्दै चीनलाई संचालन गर्ने

९. राष्ट्रिय सुरक्षा मजबुत बनाउने

१०. चिनियाँ जनमुक्ति सेनामा चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण नेतृत्व रहनुपर्ने

११. एक देश दुई प्रणाली अन्र्तगत पूर्ण राष्ट्रिय एकता र एक चीन नीतिलाई अगाडि बढाउने ।

१२ चिनियाँ जनता र विश्वभरका जनतामाझ शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण निर्माणका लागि साझा गन्तव्य स्थापित गर्ने

१३. चिनियाँ जनताको जीवनशैलीको विकास गर्ने

१४. विश्वभरको जैविक सुरक्षाका लागि प्रकृतिलाई वातावरण सुरक्षा र ऊर्जा संरक्षणका हेतु साथ साथ लाने

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds