काठमाडौं – स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोलाबाट छनौट हुन पर्ने भएको छ । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले एक हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो ।
यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागि गर्ने बताएको थियो । तर, जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने जनाउको छ ।
जापान सरकारले एसएसडब्लु अन्तर्गतको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ । भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट गर्ने जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने जनाएको छ । त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण हुनेछ ।
सम्बन्धित खबर
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
ताइवान भूकम्प : ९ जनाको मृत्यु, ५० बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग