बुटवल । रुपन्देहीमा कांग्रेसका एक नेता अर्कैकी श्रीमती संग मोजमस्ती गरिरहेका बेला रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ का क्षेत्रिय कोषाध्यक्ष सैनामैना नगरपालिका वडा नं. १० सालझण्डी निवासी हरी पोखरेल रहेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ बेलबासमा स्थानिय शान्ती शर्मासंग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कांग्रेस नेता पक्राउ परेका हुन । पोखरेल गत प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपी उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । पक्राउ, परेकी महिला नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टिले कार्वाही गरेको बुझिएको छ ।
https://youtu.be/fzUt1RQZtn4?t=14
मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रंगेहात फेला पारी प्रहरीलाई खवर गरेका थिए । “मैले खवर गरेको हु प्रहरीलाई, प्रहरी आएर दुवैलाई अहिले प्रहरीले लगेको छ” उनका श्रीमान विनोद शर्माले भने ।
पोखरेल र श्रीमती शर्मा कोठामा मादक पदार्थ सेवन गर्दै अश्लिल चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर निज महिलाका श्रीमान् विनोद शर्मा कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनिहरुलाई विनोदले दिएको उजुरी पछि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
-बुटवल अनलाईन
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार