वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो

वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो

QUFKNDJ6JZEEFDKZBD7NT5FS2Y-01

पोखरा –   मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् । मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत गर्ने वाचा पुरा नगरेकाले जनता आजित भएपछि घटेको बताइएको छ । घटनामा मेयर जर्ज लुइस एस्क्यान्डन हर्नान्डेजलाई सामान्य चोटपटक मात्र लागेको छ भने घटनामा संलग्न भएको आरोपमा ११ जना पक्राउ परेको पनि जनाइएको छ ।

मेयर एस्क्यान्डनले भने हमलाकारीलाई अपहरण र हत्या प्रयासको मुद्दा चलाउने बताएका छन् । उनीमाथि हमला भेको यो पहिलो पटक भने होइन । यसअघि पनि कृषकहरुले आफ्ना वाचा पूरा गर्न माग गर्दै उनलाई आक्रमण गरेका थिए ।

मेयरलाई बचाउने र स्थिति नियन्त्रण लिने क्रममा प्रहरी र स्थानीयबीच ठुलै झडप परेको थियो जसमा कैयौं स्थानीय घाइते पनि भएका थिए । घटना पछि त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ