२ देखि ४ यात्रु बोकेर ८० किलोमिटरसम्म उड्न सक्ने विद्युतीय उड्ने कारको प्रोटोटाइपको परीक्षण

२ देखि ४ यात्रु बोकेर ८० किलोमिटरसम्म उड्न सक्ने विद्युतीय उड्ने कारको प्रोटोटाइपको परीक्षण

flying-car

पोखरा  । अमेरिकी विमान कम्पनी बोइङले जर्मन गाडी निर्माता भोक्सवागनको स्पोर्ट्सकार ब्रान्ड पोर्ससँग विद्युतीय उड्ने कार बनाउन सहकार्य गर्ने भएको छ । वर्षको सुरुआतमै बोइङले २ देखि ४ यात्रु बोकेर ८० किलोमिटरसम्म उड्न सक्ने विद्युतीय उड्ने कारको प्रोटोटाइपको परीक्षण गरिसकेको छ ।

पोर्सले पनि निकट भविष्यमा ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने यस्तै कार निर्माणको लक्ष्य राखेको छ । यसअघि बोइङको प्रतिस्पर्धी एअरबसले भोक्सवागनको प्रिमियर कार ब्रान्ड औडीसँग उड्ने कार बनाउन सम्झौता गरिसकेको छ । भोल्क्सवागन र बोइङ दुवै पछिल्लो समयमा समस्याग्रस्त भएका छन् । बोइङको ७३७ म्याक्स मोडलको दुई जहाज दुर्घटनाग्रस्त भएपछि उक्त मोडेल हाल विश्व आकाशमा प्रतिबन्धित जस्तै छ भने भोल्क्सवागन पनि डिजेल उत्सर्जन काण्डले प्रभावित बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ