काठमाडौैं– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चिनियां राष्ट्रपतिको नेपाल भ्रमण, मन्त्रिपरिषदको पुर्नगठन र पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । दुवै नेताबीच एक घण्टा लामो भएको छलफलमा चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको समिक्षा भएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
भेटमा पार्टी एकताको बांकी कामलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । स्रोतका अनुसार दुई नेताबीच सभामुखको चयनको विषयमा समेत छलफल भएको थियो । चिनियां राष्ट्रपतिको भ्रमण सफल भएको दुवै नेताले निष्कर्श निकालेका छन् । त्यसका साथै सरकारलाई गतिशिल बनाउने विषयमा पनि नेताहरुको बीचमा सहमती भएको छ । नेकपा स्रोतले दिएको जानकारीअनुसार पार्टीले चांडै मन्त्रिमण्डलमा हेरफेर गर्ने तयारी समेत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली विदेश भ्रमणमा जानुअघि दुवै नेताबीच भएको भेटवार्तालाई पार्टीभित्र समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित खबर
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
अमेरिकाबाट आएका चिकित्सकद्वारा पोखरा १५ मा निःशुल्क दन्त शिविर, पहिलो दिन सय जना बढी लाभान्वित
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने