काठमाडौैं– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चिनियां राष्ट्रपतिको नेपाल भ्रमण, मन्त्रिपरिषदको पुर्नगठन र पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । दुवै नेताबीच एक घण्टा लामो भएको छलफलमा चिनियां राष्ट्रपतिको नेपाल भ्रमणको समिक्षा भएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
भेटमा पार्टी एकताको बांकी कामलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो । स्रोतका अनुसार दुई नेताबीच सभामुखको चयनको विषयमा समेत छलफल भएको थियो । चिनियां राष्ट्रपतिको भ्रमण सफल भएको दुवै नेताले निष्कर्श निकालेका छन् । त्यसका साथै सरकारलाई गतिशिल बनाउने विषयमा पनि नेताहरुको बीचमा सहमती भएको छ । नेकपा स्रोतले दिएको जानकारीअनुसार पार्टीले चांडै मन्त्रिमण्डलमा हेरफेर गर्ने तयारी समेत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली विदेश भ्रमणमा जानुअघि दुवै नेताबीच भएको भेटवार्तालाई पार्टीभित्र समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ