१ अर्ब ५० करोड पुगे टिकटकका प्रयोगकर्ता

१ अर्ब ५० करोड पुगे टिकटकका प्रयोगकर्ता

1574125642tik

पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ। सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ। टिकटकले यस वर्ष ‘नन–गेमिङ’ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ।

ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन्। सन् २०१९ मा मात्र टिकटकको डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ। टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ