उत्तराखण्डका मुख्यमन्त्रीले भने: कालापानी भारतकै हो, भारतमाथि गरिएको विरोध उचित छैन

उत्तराखण्डका मुख्यमन्त्रीले भने: कालापानी भारतकै हो, भारतमाथि गरिएको विरोध उचित छैन

lspuiptzrz-1531413341-750×375

काठमाडौं : उत्तराखण्डका मुख्यमन्त्रीले कालापानी भारत कै भएको बताएका छन्। सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका हुन्। कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको मंगलबार जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन्।

भारतीय समाचार अनलाइन अमर उजालाका अनुसार मुख्यमन्त्री सिंहले भनेका छन्,’जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो। कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ।’ भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानीक्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ।

मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन्। उनले नेपालको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै भारतमाथि गरिएको विरोध पनि उचित नभएको जिकिर गरे।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ