तनहुँ । नव युवा क्लब हाइस्कुलटारको आयोजना भएको दोस्रो नव कपको उपाधी रामथुम्की युवा क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा २-० गोलले अनन्त युवा क्लबलाई पराजित गर्दै रामथुम्की युवा क्लबले उपाधी जितेको हो ।
प्रतियोगिताका प्रथम हुने समुहले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन ।
रामथुम्की युवा क्लबले केएमसिटि क्लब लाई र अनन्त युवा क्लबले नवयुवा क्लबलाई हराउँदै फाइनलमा पुगेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी रामथुम्कीका सन्दिप थापा, सर्वाधिक गोलकर्ता रामथुम्कीका म्याक्सवयल र अनुशासित टिम हैरान्स क्लब भएका छन ।
युवाहरु बिच मैत्रीपूर्ण वातावरण सिर्जना गर्न र खेलाडीलाई हौसला बढाउन प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष सनम तामाङले बताए । विदेशमा रहेका व्यास-१ का युवाले प्रतियोगिता संचालनका लागि आर्थिक सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
विजेता र उपविजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्ले, क्लबका अध्यक्ष लगाएतले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार फ्रान्सेली सेनाले प्रायोजन
दोस्रो नव कपको पुरस्कार फ्रान्सेली सेनामा कार्यरत हाइस्कुलटारका युवाहरुले प्रायोजन गरेका थिए ।
दोस्रो नव कप सेभेन ए साईड फुटबल प्रतियोगिताका लागि प्रथम पुरस्कार १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ र तथा द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ युवाहरुले प्रायोजन गरेका हुन ।
व्यास नगरपालिका-१ हाईस्कुलटार घर भई हाल फ्रान्सेली सेनामा कार्यरत बोधविक्रम थापा, सङ्गम हमाल, असिम मल्ल र विकास मल्लले उक्त पुरस्कार प्रायोजन गरेका हुन ।
तस्बिर : गोल नेपाल
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला