कस्ता व्यक्ति आकर्षक देखिन्छन् ? आकर्षक देखिनुको कारण यस्तो !

कस्ता व्यक्ति आकर्षक देखिन्छन् ? आकर्षक देखिनुको कारण यस्तो !

girls

आकर्षक भनेको अनुहारको सौन्दर्यलाई संकेत गरिएको होइन । कुनै कुनै व्यक्ति यस्ता हुन्छन्, जसलाई तपाईं फर्की–फर्की हेर्नुहुन्छ । उनको व्यक्तित्व, शारीरिक हाउभाउ, बोलीबचन सबैकुरा तपाईंलाई गजब लाग्छ । उनीहरुसँग भेटौं, बातचित गरौं भन्ने लाग्छ । अर्थात त्यस्तो व्यक्ति, जसमा एक किसिमको चुम्बकिय आकर्षण हुन्छ । आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ ?

सकारात्मम रवैया

आकर्षक व्यक्तिले आफ्नो जीवनलाई घतलाग्दो बनाएर राख्छन् । यसको अर्थ हो कि, ऊ सधै सकारात्मक र आशावादी हुन्छन् ।

हुन त आफ्नो जीवन खराब अवस्थामा गुज्रिरहेको छ भने बनावटी हुनुपर्छ भन्ने छैन । यद्यपी संभव भएसम्म सकारात्मक हुने, उत्साहित हुने प्रयास गर्नुपर्छ । यसले तपाईप्रति अरुको धारणा सकारात्मक बन्छ । तपाइमा जुन उत्साह देखिन्छ, त्यसले अरुलाई खुसी तुल्याउँछ ।

आकर्षक व्यक्तिले कहिलेपनि गलत आशा राख्दैन । तपाई जति धेरै राम्रो आकंक्षा राख्नुहुन्छ, तपाइको लागि त्यती नै राम्रो हुन्छ । उनीहरु कठिन परिस्थितीमा पनि आशावादी दृष्टि राखेर बाँच्छन् । अरुको सहयोग गर्छन् ।

दयालु र इमान्दार

उनीहरु दयालु हुन्छन् । इमान्दार पनि । छलकपट गर्ने, धूत्र्याइ गर्ने प्रवृत्ति हुँदैन । यसले गर्दा पनि उनीहरु आकर्षक देखिन्छन् ।

खुसी

उनीहरु खुसी देखिन्छन् । सधै सकारात्मक, उत्साहित र उर्जावान देखिन्छन् । त्यही कारण पनि उनीहरु आकर्षक लाग्छन् ।

उत्सुक एवं जिज्ञासु

उनीहरु संसारका हरेक कुरा जान्नका लागि इच्छुक रहन्छन् । यसको सुरुवात आफ्ना पिताको काखमा बसेकै बेला हुन्छ, जब उसले आफ्नो आँखा अगाडि कुनै बस्तु देख्छ, त्यसबारे जान्ने चाहना राख्छ ।

आकर्षक व्यवहार

आकर्षक व्यक्ति उदार हृदय र आत्माको धनी हुन्छन् । सबैसँग प्रेम गर्छन् एवं दयाभाव प्रकट गर्छन् । अन्य व्यक्तिप्रति सहानुभूति राख्छन् । चाहे आफ्नो आमा होस्, वा साथी होस् वा त अपरिचित व्यक्ति नै किन नहोस् ।

कहिले पनि अशिष्ट देखिदैनन्, चाहे जतिसुकै खराब मुडमा किन नहोस् । आकर्षक व्यक्ति पूर्ण रुपमा आफ्नो जिन्दगीको आनन्द लिन्छन् । सबैप्रति प्रेमपूर्वक व्यवहार गर्छन् ।

थोर–बहुत हाँसीमजाक पनि

उनीहरु सधै गंभिर वा होशियार मात्र देखिदैनन् । बेलामौकामा हाँसीमजाक गर्न पनि खप्पिस हुन्छन् । केही न केही गरेर अरुलाई हँसाउने, रमाइलो गराउने स्वभावका हुन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds