पोखरामा थपिए ८ नयाँ कोरोना संक्रमित, कुन कुन वडाका ?

पोखरामा थपिए ८ नयाँ कोरोना संक्रमित, कुन कुन वडाका ?

Corona update 3

पोखरा महानगरमा थप ८ जनालाइ कोरोना  भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउसो पोखरा महानगर वडा नम्बर १९, १५ र ३२ का ४ महिला र ४ पुरुष गरी थप ८ जना कोरोना भाइरस संक्रमित देखिएको जनाएको हो ।

निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर – १९का (५८, ६८, ८८) उमेर समुहका ३ महिला र  (५७, ६०, ६०) उमेर समुहका ३ पुरुष,  वडा नम्बर १५ की एक महिला तथा वडा नम्बर ३२ का १ पुरुष गरी ८ जनामा कोरोना देखिएको हो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५८७ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३८३ पुगेको छ ।

पोखराका थप २ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ