स्याङ्जाको आँधीखोलामा सलहले बाली सखाप पारेपछि किसान चिन्तित

स्याङ्जाको आँधीखोलामा सलहले बाली सखाप पारेपछि किसान चिन्तित

salaha-kira

स्याङ्जा – स्याङ्जाको आँधीखोला गाउँपालिकामा सलह देखिएको छ । हजारौंको संख्यामा देखिएका सलहले खेतीबालीमा धेरै क्षति पु-याएपछि किसान चिन्तित बनेका छन् ।

केही दिन अघिदेखि ती हलले बारीमा रोपेको तरकारी र कोदो खाएर अहिले ठूटो बनाएको उनले बताए ।

केही दिनअघि फाट्टफुट्ट मात्रै देखिएका सलह पछिल्लो समय हजारौंको संख्यामा आएको स्थानीयले बताएका छन् । सलह आएपछि स्थानीयले टिन, ढ्याङग्रो, थाल ठटाउने, आगो बालेर धुँवाको मुस्लो निकाली भगाउने प्रयास गरिहेका छन् ।

सलह कीरा पर्वतबाट आएको हुनसक्ने स्थानीयको अनुमान छ । अहिलेसम्मकै ठूलो झुण्ड आएको उनीहरूकोे भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ