पोखरा मालेपाटन बागबानी केन्द्रका कर्मचारीलाई कोरोना, काठमाण्डौ गएर फर्केका थिए

पोखरा मालेपाटन बागबानी केन्द्रका कर्मचारीलाई कोरोना, काठमाण्डौ गएर फर्केका थिए

Bagwani Kendra Pokhara Malepatan

पोखरा महानगरमा सोमबार २ जना कोरोना संक्रमित थपिए । पोखरा २६ की ४० वर्षीया महिला पोखरा वडा नं. २७ कार्यालयकी कर्मचारी भएको खुल्यो भने पोखरा ५ का ३७ वर्षीय पुरुष बागबानी केन्द्रका कर्मचारी भएको जनाइएको छ ।

केन्द्रमा कार्यरत ति पुरुषको ट्राभल हिस्ट्री छ तर महिला भने पछिल्लो समय पोखरा बाहिर नगएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जनाए । बागबानीमा कार्यरत संक्रमित पुरुष २ साता अघितिर काठमाडौं उपत्यका पुगी फर्किएको पाइएको उनले जनाए ।

ललितपुरका एक गेष्ट हाउसमा बसी आफ्नो काम सकेर फर्किएका ति पुरुषले पोखरा आएर स्वाब टेस्टका लागि दिएका थिए । आफू बसेको होटलका कुकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले पनि आफ्नो अवस्थाबारे बुझ्न परीक्षण गराएको आचार्यको भनाई छ ।

दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु भएको महानगरले जनाएको छ । वडा नंं २७ कार्यालयलाई महानगरले ३० गतेसम्म सेवा बन्द गर्न निर्देशन दिइसकेको छ ।

पोखरा वडा नं. २७ का कर्मचारीलाई कोरोना पुष्टि, ३० गतेसम्म कार्यालय सिल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ