गण्डकीमा ६ जिल्लाका ४९ जनामा कोरोना पुष्टि, प्रहरीदेखि नर्ससम्म थपिए

गण्डकीमा ६ जिल्लाका ४९ जनामा कोरोना पुष्टि, प्रहरीदेखि नर्ससम्म थपिए

Gandaki covid corona 3

गण्डकी प्रदेशमा थप ४९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। गण्डकी प्रदेशका कास्की, बाग्लुङ, तनहुँ, स्याङजा, नवलपरासी र पर्वत जिल्लामा कोभिड संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै कास्की जिल्लाको पोखरा महानगरपालिकामा १९ जना संक्रमित थपिएका हुन्।

बाग्लुङमा ९, तनहँमा ३, स्याङ्जामा १२, पर्वतमा १ र  नवलपरासीमा ५ जना संक्रमित थपिएका हुन्। नवलपरासीमा थपिएका दुई जना भने २ वर्षीय र ४ वर्षीय बालक रहेको स्वास्थ्य  निर्देशनालयले जनाएको छ  ।

पोखरा महानगरपालिका-१५ का संक्रमित २३ वर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन्। त्यस्तै पोखरा महानगरपालिका-१९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मा, पर्वतमा नेपाल प्रहरीमा कार्यरत छन्।

उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा २ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालका नर्स र बिरामी सहित थप १९ जनामा कोरोना पुष्टि

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ