आज सुनको मूल्य ४ सयले बढ्यो : तोला कति ?

आज सुनको मूल्य ४ सयले बढ्यो : तोला कति ?

Gold sun

शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ